aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।   

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका एक जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा भक्तपुरका ४ जना, काठमाडौंका १२ जना, ललितपुरका १० जना, त्रिभुवन विश्वविधालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । जसमा ७ हजार ४ सय ९९ जना निको भएर र फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस