aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यी हुन् कोरोना संक्रमणमुक्त भएका ४ जिल्ला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
यी हुन् कोरोना संक्रमणमुक्त भएका ४ जिल्ला

काठमाडौं । नेपालका चार जिल्लामा कोरोना भाइरसका संक्रमित अहिले नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। यी जिल्लामा पहिले कोरोना देखिए पनि अहिले निको भएर घर फर्किसकेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका हुन्।

‘७७ जिल्लामै कोरोना देखिएकोमा अहिले चार जिल्ला कोरोना फ्री भएका छन्,’ उनले भने, ‘प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा कोरोना संक्रमित छैनन्।’

यसअघि भोजपुरमा एक, तेह्रथुममा ३, सोलुखुम्बुमा ६ र हुम्लामा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

अरू जिल्लामा पनि विगत एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमितहरू घट्दो क्रममा रहेको उनले जानकारी दिए। मंगलबार कोरोनाका दुई सय चार जना संक्रमित थपिएर नेपालमा अहिलेसम्म १६ हजार एक सय ६८ मा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस