aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

काठमाडौं । थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २५५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

संक्रमित हुनेमा झापाका ७, तेह्रथुमका १, सुनसरीका २, इलामका २, मोरङका ३, सिरहाका २, सप्तरीका ४, बारा १, अछामका १७, बैतडीका २, बझाङका ४, दार्चुलाका १, डोटीका १२, गोरखा २, कैलालीका १९, कञ्चनपुरका १२, काठमाडौंका १६, सर्लाहीका २, चितवनका ५, नवलपरासी पूर्वका २, रौटहटका ३२ छन् ।

यसैगरी दाङका ५, धादिङका १, दोलखाका , झापाका १, कास्कीका १, काभ्रेपलान्चोकका २, ललितपुरका ७, लमजुङ १, नवलपरासी पूर्वका १, पर्सा १, रामेछापका २, रौटहटका १, सर्लाहीका १ , सिन्धुपाल्चोकका १ सुनसरीका १, मोरङका १, म्याग्दीका १, कास्कीका १३, गुल्मीका ३, पाल्पाका ५, प्युठानका १, बाँकेका २, कालिकोटका १, रुकुम पश्चिमका ३, रुकमा पश्चिमका ४, जाजरकोटका १, दैलेखका ५, मुगुका २, सुर्खेतका १४, डडेलधुराका २, अछामका ५ , कैलालीका १७ जना छन् ।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । जसमा ७ हजार ७ सय ५२ जना निको भएर घर फर्किसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस