aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एप्पलकाे नयाँ आइप्याड टच लन्च , १८ हजार ९ सय (भारु)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
एप्पलकाे नयाँ आइप्याड टच लन्च , १८ हजार ९ सय (भारु)

एप्पलले नयाँ आइप्याड टच लन्च गरेको छ। जसमा ए १० फ्यूजन चिपको प्रयोग गरिएको छ। यसमा प्रयोगकर्ताले ग्रुप फेस टाइमको फिचरको प्रयोग गर्नसक्ने छन्।

आइप्याड टच तीन स्टोरेज भेरियन्टमा ल्याइएको छ। यी बिभिन्न किसिमका आइप्याडमा ३२ जिबी, १२८ जिबी र २५६ जिबी स्पेस रहेको छ। तीनै भेरियन्टको बजार मूल्य १८ हजार ८ सय रुपैयाँ( भारु), २८ हजार ९ सय रुपैयाँ( भारु), र ३८ हजार ९ सय रुपैयाँ ( भारु) रहेको छ।

यो आइप्याड ६ बिभिन्न रंगहरुमा उपलब्ध छ। यसमा स्पेस ग्रे, ह्वाइट, गोल्ड, पिंक, ब्लू र रेड कलर रहेका छन्। नेपालमा यो फोन कहिले सार्वजनिक गर्नेबारे भने पुष्टि भइसकेको छैन्। जुनको पहिलो हप्ता यसलाई भारतमा सार्वजनिक गर्नसकिने जनाइएको छ।

यसमा ४ इन्चको डिस्प्ले र दुई ओटा क्यामरा दिइएका छन्। यसमा पछाडिको क्यामराको क्षमता ८ मेगाफिक्सल र अगाडिका क्यामरा १.२ मेगाफिक्सल रहेको छ।

यसमा प्रयोग भएको १० फ्यूजन चिप गेमिङ पर्फमेन्सलाई बडाउने कम्पनीको भनाइ छ।४ वर्षको अन्तरालमा एप्पलले नयाँ आइप्याड लन्च गरेको हो। यो भन्दा पहिला जुलाई २०१५ मा आइप्याडको छैटौँ जेन्रेसर लन्च गरेको थियो।

प्रतिक्रिया दिनुहोस