
एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोनालाई निको पार्ने औषधि खाएको भिडियो भाइरल भएको छ । विभिन्न बहानामा चर्तिकला गरेर विवादमा आएका उनी पछिल्लो चरणमा कोरोना भाइरसको औषधि खाएको भिडियो मार्फत चर्चामा आएका छन् ।
कोरोनालाई सामान्य फ्लु भन्दै बेवास्ता गर्दै आएका र ब्राजिलमा लकडाउनको समेत विरोध गर्दै आएका बोल्सोनारो आफैं कोरोना संक्रमित भएका छन् । उनले आफू कोरोना पोजेटिभ भएको जानकारी समेत पत्रकार सम्मेलन मार्फत गराएका थिए ।
कोरोना भाइरसलाई सामान्य भन्दै उनले आफ्नो फेसबुक पेजमा एक भिडियो पोष्ट गरेका छन । उनले कोरोना निको पार्ने औषधि भन्दै सेतो रङ्गको गोली पानीले निलेको देखिन्छ । ब्राजिलका राष्ट्रपति बोल्सोनारोले भिडियोमा भनेका छन्, ‘म हाइड्रोक्सिक्लोरोक्वीन औषधिबाट आफ्नो उपचार गर्दैछु ।’
प्रतिक्रिया दिनुहोस