aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

टेलिकमको महशुल बक्यौतामा जरिवाना छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
टेलिकमको महशुल बक्यौतामा जरिवाना छुट

काठमाडौं, जेठ १५ । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ । यस अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको छ । 
कम्पनीले आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस