
काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले आइफोत तथा एप्पलका नयाँ उत्पादन सार्बजनिक गर्ने भएको छ ।
नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक) को एक मात्र वितरक जेननेक्स्टले आइफोन यहि जुलाईदेखि नेपालमा आईफोन एसई सार्वजनिक गर्ने जनाएको छ ।
यो ६४जीबी, १२८जीबी र २५६ जीबीमा कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध हुनेछ । सबैभन्दा प्रत्याशित आईफोनहरु नेपाली बजारमा भित्रिने भएका छन् जसले स्मार्टफोन प्रेमीहरु माझँ उत्साहपूर्ण प्रतिक्षा जगाएको छ । साथै ग्राहकहरुले छुट पनि पाउन सक्नेछन् ः
माेडल |
मूल्य |
छुट पछिकाे मूल्य |
MacBook Pro 13-inch, 1.4GHz/QuadCore i5/8GB/256GB-2019(New) |
217500 /- |
178000 /- |
MacBook Pro 13-inch, 1.4GHz/QuadCore i5/8GB/128GB-2019 |
188500 /- |
165000 /- |
ग्राहकहरुलाई असली एप्पल उत्पादनहरु आधिकारिक च्यानलहरुबाट मात्र खरिद, सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि अनुरोध गरेको छ ।
आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर, राइजिंग मल, क्वालीटी कम्प्यूटर (विर्तामोड, झापा) ।
मोबाइल ट्रोन, फ्युचर टेक ट्रेडबाट मात्र खरिद गर्नुहोस् र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न नभुल्नुहोला । तपाईंले खरिद गर्न लागेको उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि यो वेबसाइट लिंकमा www.gnextcom.com/check-service-tag गएर सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्नसमेत अनुरोध गरेको छ ।
अन्य माेडलहरूमासमेत मूल्या समायाेजन गरेकाे कम्पनीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस