
काठमाडौं । राष्ट्रिय अखण्डतामा आँच आउने भएपछि टेलिभिजन वितरकहरूले नेपालमा भारतीय न्यूज च्यानलहरू प्रशारणमा प्रतिबन्ध लगाएका छन् । भारतीय टेलिभिजन च्यानलहरूले नेपालका प्रधानमन्त्रीका विषयलाई लिएर विभिन्न अफवाहहरू फैलाउनुका साथै चरित्र हत्या गर्नेसम्मका सामग्री प्रशारण गरेपछि नेपालमा यस्ता च्यानल बन्द गरेका हुन् । टेलिभिजन च्यानल वितरकहरूले नेपालमा प्रशारण हुँदै आएको भारतीय टेलिभिजन च्यानलहरू प्रतिबन्ध लागेको हो ।
नेपालका बारेमा यसरी अफवाहपूर्ण ढंगबाट समाचारहरू सम्प्रेषण गरेपछि यस्ता च्यानलहरू संचालनमा ल्याइरहन नैतिकताले नदिएको मेगा म्याक्स टेलिभिजनका उपाध्यक्ष ध्रुव शर्माले बताए । ‘मेगा म्याक्स टेलिभिजनले २० वटा भारतीय च्यालन वितरण गरेको छ,’ उनले भने ‘हामीले यी सबै च्यानल बन्द गर्यौ ।’ यस्तो अवस्थामा हामीले राष्ट्र प्रति गर्नुपर्ने दायित्व पुरा गरेका छौं,’ उनले थपे
टेलिभिजन वितरकहरूले नेपालमा करिब ३ दर्जनभन्दा बढी भारतीय च्यानलको प्रशारण नेपालमा अब बन्द गराएका छन् । डिशहोम, विभिन्न केवल सेवाप्रदायक र आईपीटीभी सेवा प्रदायकहरुबाट वितरित टेलिभिजन प्रशारणमा यस किसिमको रोक लागेको हो ।
‘हामीले कसैको दवावमा आएर यी च्यानलहरू बन्द गरेका होइनौ,’ उनले भने ‘ प्रधानमन्त्रीका विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको पाइएपछि हामीहरूले स्वविवेकपूर्ण निर्णय गरेका हौं ।’ यद्यपी सरकारले भने भारतीय टेलिभिजन च्यानल प्रतिबन्धको निर्णय गरिसकेको छैन । लकडाउका कारण क्लिनफिड नीति लागू गर्न नसकेका कारण यी च्यानल बन्द नभएका हुन् ।
प्रतिक्रिया दिनुहोस