aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।   

प्रवक्ता गौतमका अनुसार शुक्रराज सरुवा रोग प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जना पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा भक्तपुरका एक जना, काठमाडौंका १५ जना, ललितपुरका १३ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा ११८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ। अहिले क्वारेन्टाइनमा २३ हजार नौ सय १० जना रहेका छन् भने आठ हजार ६ सय तीन जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने आठ हजार ११ पुगेको छ। 

प्रतिक्रिया दिनुहोस