
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा ४२ सहित मुलुकभर २४ घन्टामा ११८ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
नयाँ थपिएका संक्रमित काठाडमौंका २८, सुर्खेतका ११, गुल्मीका ६, इलामका २, पाँचथरका २, सिरहाका २, धनुषाका ४, महोत्तरीका ४, रसुवाका १, डोटीका १, चितवनका १, बाँकेका १, भक्तपुरका १, काभ्रेपलान्चोकका २, ललितपुरका १३, रामेछापका १, रौटहटका १, सिन्धुलीका १, सिन्धुपाल्चोकका १ ,पाल्पाका ४, रुपन्देहीका १ जना ,मकवापुरका १ ,धादिङका १, कैलालीका १, बाग्लुङका २, तनहुँका ८, गोरखाका १, नवलपरासीका २ , बाजुराका १, दैलेखका २, डोल्पाका १ र सल्यानका १ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ६ सय ४९ पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ हजार ११ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस