aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ असार २०७७
कोरोना संक्रमणबाट नेपालमा थप  एक जनाको मृत्यु

काठमाडौं । केएमसी मेडिकल कलेज तथा अस्पताल सिनामंगलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको अस्पतालका निर्देशक डा। मुकुन्द राज जोशीले पष्टि गरे ।

अस्तालमा आए देखि नै ती विरामीमा कोरोना संक्रमण भएको शंखामा अस्पतालले सतर्कता अपनाएको उनले बताए । एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । 

उनलाई असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले रिफर गरेर केएमसी आएका थिए उनले भने ।  उनी मिर्गौलाको बिरामी भएकाले स्वास्थ्यमा समस्या आएपछि   त्रिवी गएका थिए तर आइसीयू खाली नभएपछि केएमसी आएको डा जोशीले जानकारी दिए ।

 उनको स्वाव परिक्षण  गर्न २१ गते पठाइएको रिपोर्टमा कोरोना संक्रमण देखिएको उनले बताए । यो संगै अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ जना पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस