कास्की । गण्डकी प्रदेशका चारवटा जिल्लामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । गण्डकी प्रदेशका निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्मा गण्डकी प्रदेशमा शनिबार १४ जनामा कोरोना संक्रमण पोजेटिभ भएको पुष्टि गरेका हुन ।
तनहुँ, म्याग्दी, स्याङ्जा, बागलुङमा थप कोरोना संक्रमण पोजेटिभ देखिएका हुन । तनहुँका ब्यास नगरपालिकाका ३५ वर्षीय एक जना, बन्दीपुर गाउँपालिकाका २ जना र शुक्लागण्डकीका ३३ वर्षीय एकजना पुरुष छन् । त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा २ जना संक्रमित फेला परेका छन् । उनीहरु दुवै ३० वर्षीय पुरुष हुन् ।
स्याङ्जाका चापाकोट, कालीगण्डकी र वालिङ नगरपालिकामा २९, १९ र २० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। बागलुङका बडिगाड गाउँपालिकाका १९ वर्षीय एक पुरुषमा र गल्कोट नगरपालिकाका २५ र ३५ वर्षीय २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएका हुन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरका २५ र ८५ वर्षीय २ जना पुरुष छन् ।
संक्रमितहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ । जसमध्ये ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । प्रदेशभरि कोरोनालाई जितेर घर फर्किनेमा ६ सय ३३ जना छन् ।
प्रतिक्रिया दिनुहोस