
काठमाडौं । काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेका हुन ।
शनिबार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छन । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. गौतमले २४ घण्टामा कोरोना संक्रमण पोजेटिभ भएको विरामीको पुष्टि गरेका हुन । उनका अनुसार २४ घण्टामा ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो । साथै ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस