काठमाडौं । कोरोनाका भाइरसको संक्रमणबाट बागमति प्रदेशका थप ३ जनाको मृत्यु भएको छ । २ जना काठमाडौं र १ जना सिन्धुपाल्चोकका रहेको शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन ।
अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । काठमाडौं गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ ।
५४ वर्षिय पुरुषको २५ गते केएमसी मेडिकल कलेजमा मृत्यु भएको उनले बताए । उनी मृगौलाका विरामी थए । त्यस्तै शंखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो उनी फोक्सोमा पानी जमेको र मृगौला रोगबाट पीडित थिए । सिन्धुपाल्चोक पाँचपोखरी ४५ पुरुषको २५ गते नै निधन भएका संक्रमित क्षयरोग रोगबाट पीडित थिए । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस