
भारत । बलिउड अभिनेता अमिताभ बचनलाई कोरोना भाइरसको संक्रमण भएको छ। अमिताभ वचनले शनिबार राति ट्वीट मार्फत सो कुराको जानकारी दिएका हुन् ।
ट्वीटमा उनले आफूमा कोरोना संक्रमण पोजेटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गरेका छन् । तर उनका छोरा अभिषेक बचनले पनि केही बेरमा ट्वीट गरी आफूपनि संक्रमित भएको जानकारी दिएका थिए ।
उनीहरु दुबैजनालाई मुम्बइको नानाभिटा अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उनमा सामान्य खालको लक्षण देखिएको जनाएका छन् । अमिताभले उनीसँग दश दिन अघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस