aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गण्डकी प्रदेशमा थपिए १५ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असार २०७७
गण्डकी प्रदेशमा थपिए १५ जना कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार आज विहान प्रदेशका सात जिल्लामा १५ संक्रमित थपिएका हुन्। 

आज थपिएका संक्रमित सबै भन्दा धेरै तनहुँमा ६ जना थपिएका छन्। त्यस्तै बागलुङ, पर्वत र गोरखामा २र२ जना नवलपरासी पूर्व, स्याङ्जा र लमजुङमा एक एक जना थपिएका हुन्। पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार १ सय ९२ पुगेको छ भने ७ सय २६ जना डिस्चार्ज भएका छन्। 

प्रतिक्रिया दिनुहोस