
काठमाडौं । काठमाडौंमा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टोखा नगरपालिका ६ हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
समुदायमा कोराना भाइरसको संक्रमण छ कि छैन् भनि हरियाली बस्तीबाट एक सय बढीको नमूना ल्याइ जाँच गर्दा तीनजना स्थानीयसहित चारजनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार संक्रमित एकजना कैलालीबाट आएर क्वारेन्टिनमा बसेको व्यक्ति हुन् भने तीनजना हरियाली बस्तीकै बासिन्दा हुन् ।
प्रतिक्रिया दिनुहोस