aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ऐश्वर्या र आराध्यालाई पनि कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असार २०७७
ऐश्वर्या र आराध्यालाई पनि कोरोना संक्रमण

भारत । बलिउड अभिनेत्री ऐश्वया राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको हो।

भारतका स्वास्थ्यमन्त्री राजेश तोफेले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, 'ऐश्वर्य र उनी छोरी आरध्या र अभिषेक बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । जया बच्चनलाई नेगेटिभ देखिएको छ । हामी बच्चन परिवारलाई चाँडै निको हुने कामना गर्छौं ।'

जया बच्चनको भने दोस्रो चरणको टेस्टमा कोरोना नेगेटिभ नै देखिएको छ। यो सँगै बच्चन परिवारमा ४ जनामा कोरोना पोजेटिभ भएको छ।

प्रतिक्रिया दिनुहोस