
काठमाडौं । थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
नयाँ थपिएका संक्रमित झापाका १ जना, मोरङका २ जना, धनुषाका १९ जना, सर्लाहीका १ जना, काठमाडौंका ५ जना, सिन्धुपाल्चोकका १ जना, ललितपुरका १ जना, सोलुखुम्बुका १ जना, चितवनका ५ जना, मकवापनुरका १ जना, सिन्धुलीका १ जना, बागलुङका २ जना, नवलपरासी पूर्वका १ जना, पर्वतका २ जना, स्याङ्जाका १ जना, तनहुँका ६ जना, गोरखाका १ जना, लमजुङका २ जना, गुल्मीका १ जना, पाल्पाका १ जना, दैलेखका १ जना, रुकुम पश्चिमका २ जना, सुर्खेत ११ जना, कालीकोटका ७ जना, बझाङका १ जना, डडेलधुराका २ जना, कैलालीका २ जना र दार्चुलाका १ जना रहेका छन् ।
योसंगै नेपालभर १६ हजार ८ सय एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस