
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका ३ जना, शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका २ जना र ललितपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालभर १६ हजार ८ सय एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस