aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समूदायमा नमुना संकलन थालियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असार २०७७
उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समूदायमा नमुना संकलन थालियो

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि समूदायमा नमुना संकलन गर्न थालेको बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले काठमाडौं उपत्यकाको नखुटोल, कोटेश्वर, संखमुल, बूढानीलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखाबाट लगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण भएको बताएका हुन् ।

पाण्डेका अनुसार उपत्यकामा मात्रै ५ हजार नमुना संकलन हुनेछन् । बैंक तथा वित्तीय संस्था, मालपोत कार्यालय र आइसीयू लगायत अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुको नमुना संकलन सुरु भएको उनले बताए । अहिलेसम्म संकलन गरी रिपोर्ट आएका ५ सय ५ जनामा नेगेटिभ आएको छ । 

अहिलेसम्म संकलन भएका ३ हजार नमुना परीक्षण गर्दा १६ सय जनाको रिपोर्ट आउँदा ३ जनामा मात्रै पोजेटिभ देखिएको छ । उनीहरुको ट्राभल हिस्ट्री नभएको पाइएको उनले बताए । असार २५ गतेबाट ४५ हजारको नमुना संकलनको काम अघि बढाइएको पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस