काठमाडौं । पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ।
नयाँ थपिएका संक्रमित सबैभन्दा धेरै सुर्खेतमा ४१ जना भेटिएका छन् । धनुषामा २७ जना, कैलालीमा ११ जना, रौतहटमा ९ जना कपिलवस्तुमा ८ जना, ललितपुरमा ५ जना झापा र महोत्तरीमा ४र४ जना, काठमाडौंमा ३ जना, बागलुङ, म्याग्दी, तनहुँ, बर्दिया, दाङ, रुकुम पश्चिम, दैलेख, बझाङ र बैतडीमा २/२ जना संक्रमित भेटिएका छन् । मोरङ, सुनसरी, सप्तरी, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर, पर्वत, स्याङ्जा, कपिलवस्तु, बाँके, जाजरकोट, अछाममा १/१ जना संक्रमित भेटिएका छन् ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । जसमा १० हजार २ सय ९४ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस