aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएको बताए । संक्रमितहरु काठमाडौंको ३ जना र ललितपुरका ५ जना र भक्तपुरको १ जना रहेको गौतमले बताए ।

सोमबार नेपालमा १ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् भने १७ सय ५ जना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमितको स‌ंख्या १६ हजार ९ सय ४५ पुगेको छ भने कुल निको भएर घर फर्किनेको संख्या १० हजार ५ सय ८९ रहेको छ । हालसम्म नेपालमा कोरोनाको कारण ३८ जको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस