aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थप ११६ जना कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असार २०७७
थप ११६ जना कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

नयाँ थपिएका संक्रमित धनकुटाका ३, सिरहाका १, सुनसरीका १, तेह्रथुमका १, इलामका २, झापाका १, धनुषाका २१ ,महोत्तरीका १९, पर्साका २, गोरखाका २, नुवाकोटका १, काठमाडौंका २, नवलपरासी पूर्वका २, रौटहटका १, सिन्धुलीका १, काभ्रेपलान्चोकका २, ओखलढुंगाका १, कैलालीका १, पाल्पाका ५ , सिन्धुपाल्चोकका १, सुर्खेतका १, प्युठानका ३, बाँकेका १, रोल्पाका ३, बर्दियाका १, दाङका ५, अर्घाखाँचीका ३, दैलेखका ६, अछामका १४, जुम्लाका ४, कञ्चनपुरका १ र कैलालीका ४ जना रहेका छन् ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस