
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार शुक्रराज सरुवा रोग प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जना र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ ।
प्रतिक्रिया दिनुहोस