
पोखरा । नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमित गण्डकी प्रदेशका रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबारजारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका ११ जना, म्याग्दीका ९ जना, तनहुँका ३ जना तथा गोरखा र कास्कीका १/१ जना छन् ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा म्याग्दीको मालिकाका ४ जना पुरुष, बेनीका ३ जना पुरुष तथा रघुगंगा र मंगलाका १/१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी तनहुँको भिमादका २ पुरुष र आँबुखैरेनीका १ पुरुषमा पनि संक्रमण भेटिएको छ ।
त्यसैगरी भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा नवलपरासी पूर्वको बुलिङटार गाउँपालिकाका ८ पुरुष र १ महिला तथा कावासोती नगरपालिकाका २ जना पुरुषमा संक्रमण भेटिएको छ ।
योसँगै प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १२२८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस