
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ७ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका ४ जना, शुक्रराज सरुवा रोग प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौं एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । जसमा ११ हजार २५ जना निको भएर र फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस