aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

थप १६७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ साउन २०७७
थप १६७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो

काठमाडौं । थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १६७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

नयाँ थपिएका संक्रमितको संख्या झापा ४, सुनसरी ४, उदयपुर १, इलाम ६, मोरङ ३,ओखलढुंगा १५, धनुषा २७, पर्सा २, बारा १, रौतहट ६, काठमाडौं १, नवलपरासीपूर्व १७, रौतहट ६, मकवानपुर ६, बागलुङ २, स्याङ्जा १, रुपन्देही १, प्यूठान १, बाँके ८, सुर्खेत ३, बर्दिया १, दाङ १, दैलेख ६, रुकुमपश्चिम १, सल्यान २, जजारकोट २, मुगु १, डडेलधुरा ८, अछाम ४, कैलाली १४, कन्चनपुर १४, बझाङ १ रहेको छ । 

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । जसमा ११ हजार २४९ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस