aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

काठमाडौं थप एक जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ साउन २०७७
काठमाडौं थप एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा एक जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।   

प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकलको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना भाइरसको संकध्रमण पुष्टि भएको हो ।  

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । जसमा ११ हजार २४९ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस