काठमाडौं । थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १०१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । जसमा ११ हजार ९ सय ३४ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस