
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना र भक्तपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । जसमा ११ हजार ९ सय ३४ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस