aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ४० पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ४० पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्ता गौतमका अनुसार सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षीय वृद्धको कोरोना भाइरसका कारण मृत्यु भएको हो । मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा  उनको बिहीबार नै मृत्यु हो । 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु  हुनेको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस