aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

संक्रमित ५७ निको हुने १०३ जना, कोरोना भाइरसको डर हराएको हो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ साउन २०७७
संक्रमित ५७ निको हुने १०३ जना, कोरोना भाइरसको डर हराएको हो ?

काठमाडौं । शनिबार थप ५७ जनामा कोरोनाभाइरस पोजेटिभ पुष्टि भएका छन । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस पत्रकार सम्मेलनमा  प्रवक्ता डा जागेश्वर गौतमले उक्त संक्रमित भएको जानकारी दिएका हुन् । २४ घण्टामा थप १०३ जना डिस्चार्ज भएसँगै कूल निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छन ।

उनका अनुसार हालसम्म  निको भएकासहित हालसम्म संक्रमित बनेकाको कुल संख्या १७ हजार ५०२ जना रहेको छ ।  कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको उनले जनाएका छन । गत २४ घण्टामा २७ वटा प्रयोगशालाबाट  ३ हजार ३३१ जनाको नमुना परीक्षण भएको छ । 

कोरोना भाइरसको डर मानिसमा हराएको जस्तो देखिएको उनले बताए । उनले भने, लकडाउन नभएको जस्तो गरि बजार, कार्यालय र अन्य क्षेत्रमा पनि सामान्य जस्तै गरि व्यवहार गरिहेको देखिएको छ सबैले लकडाउन यथावत छ र कोरोना भाइरसको लडाइमा सामान्य नियमहरु सबैले पालना गर्न हामी अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस