aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

निगमका १४ कर्मचारी कोरोनामुक्त भई घर फर्किए

  • रासस
    रासस
  • आइतबार, ०४ साउन २०७७
निगमका १४ कर्मचारी कोरोनामुक्त भई घर फर्किए

काठमाडौं । कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू  मेम्बर उपचारपछि घर फर्किएका हुन् ।  उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । 

विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उनले बताए । 

कोरोना सङक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो । देशले खटाएको उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति निगमले हार्दिक आभार व्यक्त पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस