aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार

काठमाडाैं । जिल्ला भित्र मात्रै सञ्चालन हुनेगरी भोलिबाट यातायात व्यवसायीहरु सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् ।

केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिले आफ्ना धेरै माग सम्बोधन गरिसकेको बताएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार रहेको बताएका छन ।

आइतबार यातायात व्यवस्था विभागमा अधिकारीहरुसँग छलफलपछि सोमबारबाटै यातायात सञ्चालन गर्न व्यवसायीहरु सहमत भएका हुन ।

सरकारले ५० प्रतिशत बढि भाडा लिएर सुरक्षाका मापदण्ड अपनाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ ।

मन्त्रिपरिषद बैठकले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा असुन्तुष्ट व्यवसायीहरुले विभिन्न माग राख्दै आएका थिए ।

व्यवसायीहरुको माग मौद्रिक नीतिमार्फत सम्बोधन भएपछि यातायात सञ्चालन गर्ने निर्णय भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

प्रतिक्रिया दिनुहोस