
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५८ जना निको भएर घर फकिएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ६ सय ९५ जना उपचारपछि निको भएका छन्।
प्रतिक्रिया दिनुहोस