
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा ललितपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा कोरोना भाइरसको संक्रिय संक्रमितको संख्या ५ हजार ९३६ रहेको छ । पछिल्लो २४ घण्टामा १७३ जना निको भएर घर फकिएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ जना उपचारपछि निको भएका छन्।
प्रतिक्रिया दिनुहोस