
एजेन्सी । अग्लो भवनहरूमा बस्ने मानिसहरूलाई कोरोना भाइरस संक्रमित बढी हुने सम्भावना हुने तथ्या फेला परेको छ । किनभने तिनीहरूले पानी आपूर्ति प्राणाली एकै ठाउबाट हुन्छ । भवनको पानी र ढल निकास आपूर्ति प्रणालीबाट कोरोना प्रकोपको उच्च जोखिम हुने तथ्या आइसकेको छ । यो स्कटल्याण्डको हेरियट वाट विश्वविद्यालयका वैज्ञानिकहरुद्वारा सार्वजनिक गरेको तथ्या हो ।
हेरियोट वाट विश्वविद्यालयको वाटर विभाग एकेडेमीका निर्देशक माइकल गोर्लेका अनुसार ठूला र अग्लो भवनहरूमा बस्ने मानिसहरूलाई कोरोना भाइरसको संक्रमित हुने बढी जोखिम रहेको बताएका छन ।
युनिभर्सल साइन्स डटकममा प्रकाशित समाचारका अनुसार मानिसबाट मानवमा संक्रमण फैलाउनु सामान्य कुरा हो । तर, पानी आपूर्तिद्वारा कोरोना भाइरस संक्रमण फैलाउनु एक असामान्य तर सम्भावित कुरो हो। माइकल गोर्लेका अनुसार यदि कुनै भाइरसको संक्रमण भवनको प्ल्याम्बिंग प्रणालीमा फैलियो भने यो गाह्रो हुनेछ । माइकलले भने २००३ मा सार्स भाइरस हंकंगको एमाँय गार्डेन्सको भवनमा प्ल्याम्बिंगको प्रणालीबाट फैलिएको थियो ।
एमाँय गार्डनमा ३३ देखि ४१ तले भवन थिए । यसमा करिब १९ हजार मानिस बस्थे । जब सार्स भाइरस द्रुत रूपमा फैलियो, यी भवनहरूमा बस्ने ३०० जना संक्रमित भए । यद्यपि ४२ जना मानिसको ज्यान गयो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को रिपोर्ट अनुसार, एमाँय गार्डनमा सार्स महामारी पानी आपूर्ति हुने पाइपलाइन मार्फत फैलिएको थियो ।
किनकि सिंक र शौचालयमा यू आकारको पाइप हुन्छ । यी पाइपहरूमा भण्डार पानीबाट हावाबाट रोगमा फैलिन्छ ।सार्सको भाइरस यू सेप पाइपबाट ठूला भवनको भान्सासम्म पुग्यो । पानी आपूर्ति हुँदा धेरै मानिसहरू बिरामी भए। माइकल गोर्लेको रिपोर्टका अनुसार यी भवनमा लामो समयसम्म अध्ययन गरेका थिए । ती दुई भवनहरूको पानी आपूर्ति लाइन र ढल निकास जाँच गरेका थिए ।
माइकलका अनुसार सार्स जत्तिकै कोरोना भाइरस पनि यसरी फैलिन सक्ने चेतावनी दिएका छन् । किनभने जब पनि हावाले आकार पाइपमा हिट गर्दछ, यसमा उपस्थित भाइरसहरू पानीको सानो थोपाबाट सक्रमित हुन्छन् र संक्रमण फैलाउँदछन् ।
यस कारणले गर्दा केवल कोरोना भाइरस पनि अन्य संक्रामक रोगहरू जस्तै फैलिने खतरामा छ । माइकलका अनुसार यदि बाथरुमबाट दुर्गन्ध आउँदछ भने तुरुन्तै पाइप जाँच गर्न उनी सल्लाह दिन्छन । कहिल्यै शौचालयको यु सेप ट्यूब खुला नगर्ने र त्यसलाई सधै छोपेर राख्न उनी सल्लाह दिन्छन् ।
प्रतिक्रिया दिनुहोस