
उदयपुर । उदयपुरमा २ वर्षिया बालिकासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बेलका नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।
प्रमुख सुवेदीका अनुसार संक्रमित हुनेमा बेलका नगरपालिका ९ का २ वर्षिय बालिका, उनकी २७ वर्षिया आमा, ४० वर्षिय बुवा र सोही घरमा काम गर्ने ७० वर्षिय वृद्धा रहेका छन् , त्यस्तै, बेलका नगरपालिका १ का १८ वर्षिय पुरुष, बेलका नपा ३ का ३० वर्षिय पुरुष, बेलका नपा ४ का २८ वर्षिय पुरुष र बेलका नगरपालिका ५ का ४० वर्षिय पुरुष रहेको प्रमुख सुवेदी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस