
काठमाडौं । १ सय ५० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १५० जना नयाँ संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा ६ सय ९ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म १२ हजार ४ सय ७७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।
विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म मृतक ४० जनामा कोरोना देखिएको छ।
प्रतिक्रिया दिनुहोस