
काठमाडौं । काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौंमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
प्रवक्ता गौतमका अनुसार त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा ६ सय ९ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म १२ हजार ४ सय ७७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।
प्रतिक्रिया दिनुहोस