aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

सिजी ब्राण्डको ‘गुगल एन्ड्रोइड’ टिभी बजारमा, कति छ यसको मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले आफ्नै ब्राण्डअन्तर्गत  ‘गुगल एन्ड्रोइड’ टिभी बजारमा ल्याएको छ। ‘गुगल एन्ड्रोइड’ एक प्रकारको सिस्टम हो। ओएलइडी, एलइडी, स्मार्ट पछिको ‘गुगल एन्ड्रोइड’ लेटेस्ट टेक्नोलोजी हो।

सिजी ब्राण्डका सेल्स सहायक जनरल म्यानेजर बिष्णु प्रसाद ज्ञवालीले यो नेपालमै पहिलो पटक गुगलबाट मान्यता प्राप्त पहिलो टिभी भएको बताए। ‘अन्य विदेशी ब्राण्ड गुगलबाट सर्टिफाइड भएपनि नेपाली ब्राण्डमा पहिलो पटक यही टिभी हो,’ उनले भने। उनका अनुसार यसमा गुगल सिस्टमसँग सहकार्य गरेर गुगल प्ले स्टोर, गुगल असिस्टेन्ट र क्रोमकास्टजस्ता सिस्टम जडान गरिएको छ।

यस्ता छन् विशेषता 
यसको प्रमुख विशेषता गुगल असिस्टेन्ट हो। जसको मद्दतले प्रयोगकर्ताले बोलेर टिभीलाई अनअफ गर्ने, साउण्ड घटाउने बढाउने, आवश्यक कुरा इन्टरनेटमा खोज्ने, मौसमको पूर्वानुमान थाहा पाउने, आफ्नो नजिकै रहेको रेस्टुरेन्ट, सिनेमा हल, पेट्रोल स्टेसन, बाइक मर्मत केन्द्र पत्ता लगाउने तथा नयाँ ठाउँको बाटो पत्ता लगाउने आदि गर्न सक्नेछन्।

त्यस्तै अर्को विशेषता क्रोमकास्ट हो। यस गुगल एन्ड्रोइड टिभीमा रहेको क्रोमकास्टको सहायताले प्रयोगकर्ताले आफ्नो मोबाइलबाट मनपर्ने भिडियो, गेम टिभी स्क्रिनमा हाई क्वालिटीमा हेर्न सक्छन्। कास्ट बटन थिचेर युट्यूब, फेसबुकको भिडियो टिभी स्क्रिनमा हेरी मजा लिन सक्नेछन्।गुगल प्लेस्टोरको माध्यबाट नयाँनयाँ एप, गेम र फिल्म डाउनलोड गर्न सक्छन्। गुगल प्ले मुभिज र टिभी, गुगल प्ले गेम्स जस्ता थुप्रै विशेषताहरु यस टिभीमा रहेको छ।

यसमा डल्बी डिजिटल साउण्ड प्रयोग गरिएकाले प्रयोगकर्ताले अन्य स्पिकर जडान गर्नु नपर्ने उनले बताए। ‘यसमा डब्ली डिजिटल साउण्ड प्रयोग गरिएको छ। जुन डल्बी ल्याब्सद्वारा बनाइएको मल्टी च्यानल अडियो कोडेक हो जसले सिनेम्याटिक साउन्ड दिन्छ, प्रयोगकर्ताले एक्स्ट्रा स्पिकर जोड्नु पर्दैन,’ उनले भने। ‘गुगल एन्ड्रोइड’ बेजल लेस युक्त टिभी हो। टिभी स्क्रिनको साइडमा कुनै बोर्डर नहुने भएकाले फुल स्क्रिनमा मजा लिन सकिन्छ। उनकाअनुसार अन्य टिभीमा गुगल एसिस्टेन्ट र क्रोमकास्ट सिस्टम बाहिरबाट किनेर हाल्न पर्छ भने यसमा पहिल्यै जडान गरिएको छ।

बाहिरबाट किनेर हालेकोमा सिस्टम अपग्रेड हुँदैन भने गुगल एन्ड्रोइड टिभीमा गुगलले जति आफनो सिस्टम अपग्रेड गर्छ त्यतिनै प्रयोगकर्ताको टेलिभिजनमा पनि अपग्रेड हुन्छ। ‘गुगल एन्ड्रोइड टिभीको सफ्टवेयर र प्रोग्रामहरु अपडेट गर्नेदेखी सम्पूर्ण सफ्टवेयरको समस्याहरुको समाधान गुगलले नै गर्ने गर्दछ,’ उनले भने।

कति छ मूल्य ? 
उपभोक्ताले नेपाल अधिराज्यभर यो टिभी किन्न पाउने पाउने छन्। गुगल एन्ड्रोइड टिभी ३२, ४३, ५०, ५५, ६५ र ७५ इञ्च गरी ६ वटा साइजमा ग्राहकले रोज्न सक्नेछन्। यी साइजको मूल्य क्रमशः २९ हजार ९ सय, ५१ हजार ९ सय, ६८ हजार ९ सय, ८९ हजार ९ सय, १ लाख २३ हजार र २ लाख ८४ हजार रहेको छ। टिभीमा २ जिबी र १६ जिबी र्याम छ। 

५५ इञ्चसम्ममा २ वर्ष फुल वारेन्टी र थप एक वर्ष सर्भिस वारेन्टी दिएको छ। यसमा कुनै पार्टस् परिवर्तन गर्न बाहेक अन्य सेवा निशुल्क हुन्छ। ६५ र ७५ इञ्का टिभीमा भने कम्पनीले १ वर्ष वारेन्टी दिएको छ। टिभी किन्दा टिभीमा चाहिने स्ट्यान, रिमोट र भ्वाइस कन्ट्रोल रिमोट ग्राहकले पाउने छन्।

एमोजन प्राइम सिस्टम सबै साइजका टिभीमा चलाउन सकिन्छ भने नेट ल्फिक्स सिस्टम ७५ इञ्चका टिभीमा मात्र चलाउन सकिन्छ। अब आउने नयाँ मोडलका सबै टिभीमा नेट ल्फिक्स चलाउन मिल्ने कम्पनीका सेल्स हेड ज्ञवालीले जानकारी दिए।

बजारमा आएको एकरडेढ महिनाको अवधिलाई हेर्ने हो भने यो टिभी ग्राहकको रोजाईमा परेको उनले बताए। उपभोक्ताले इलेक्ट्रोनिक्स सामान किन्दा दुई चार पैसा सस्तो नहेरी सर्भिस हेरेर किन्नु पर्ने उनले ग्राहकलाई सुझाएका छन्। कम्पनीले ४३ इञ्च माथिको टिभीमा निशुल्क होम डेलिभरी सेवा दिनेछ । उपभोक्ताले चाहेको खण्डमा कम्पनीले निशुल्क उपभोक्ताको घरमा जडान समेत गर्दिनेछ।

प्रतिक्रिया दिनुहोस