
धरान । कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत साउन १ गते आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० वर्षीय शशि भुषण झाको मंगलबार राति मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ। मृतकको शव दाहसंस्कारका लागिमहोत्तरी पठाउन व्यवस्थापन भइरहेको छ ।
योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ।
प्रतिक्रिया दिनुहोस