aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अक्सफोर्डले बनाएको कोरोनाको खोप नेपाल आइपुग्दा कति मूल्य पर्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७
अक्सफोर्डले बनाएको कोरोनाको खोप नेपाल आइपुग्दा कति मूल्य पर्ला ?

एजेन्सी । कोरोना भाइरसको महाव्यादीको लडाइमा सम्पूर्ण विश्व केन्द्रित छ । यहि बेलामा यस विरुद्धको खोप परिक्षणमा सफलता पायो भने कोरोनासँग प्रतिस्पर्धामा अर्को कुनै पनि उत्पादन हुँदैन । यस्तो अवस्थामा अक्सफोर्ड विश्वविद्यालयबाट एउटा शुभ समाचार आएको छ । यस खोपमा मानव परीक्षण चलिरहेको छ र परीक्षणमा राम्रो परिणामहरू बाहिर आएको छ । अक्सफोर्ड विश्वविद्यालय खोप भारतमा पनि उत्पादन गरिने छ । 

कोभिड महामारीको बेला खोप बनाउनु विश्वमा यसको आपूर्ति गर्नु ठूलो चुनौती हुनेछ । अमेरिका र चीनमा पनि पनि मानव परिक्षणको काम भइरहेको छ अक्सफोर्ड भ्यासीन समूहका निर्देशक एन्ड्र्यू जे पोलार्डले भने ।  उनले भने, “हामी यो प्रतिस्पर्धाको रूपमा होइन तर सामूहिक प्रयासको रूपमा देख्छौं ।  हामी विश्वका अन्य देशहरूमा कोभिडमा अनुसन्धानमा संलग्न व्यक्तिहरूसँग पनि आफ्ना अनुभवहरू शेयर गर्दछौं, ताकि हामी सँगै कोरोनासँग प्रतिस्पर्धा गर्न सकौं।''

एन्ड्र्यू पोलार्डले कोभिड खोपको केहि दीर्घकालीन साइड इफेक्ट हुनसक्ने उनले बताए । उनले भने, “त्यसपछि भ्याक्सिनको क्वालिटी प्रभावित हुने छैन । यहाँ खोप बनाउने कुनै सर्टकट तरीका छैन।“ क्लिनिकल परीक्षणहरू अझै पनि एक खोप तयार गर्दा सामान्य दिनहरूमा जस्तै समान प्रक्रिया अन्तर्गत गरिदैछ । त्यसैले गुणमा कुनै प्रभावको सवाल नै छैन । उनले भने, “हामीसँग लामो अवधिको डाटा उपलब्ध छैन। हामीले प्राप्त गर्न सक्ने एक मात्र लाभ यो हो कि पहिले पनि हामीले यस किसिमका खोप प्रयोग गरिसकेका छौं।''

भारतमा यो खोप उत्पादन हुने भएको छ । भारतको पुनास्थित सीरम इन्स्टिच्यूट अफ इण्डियाका सीईओ अदार पूनावालाका अनुसार यो खोप ठूलो मात्रामा उत्पादन गर्ने छौं र यस हप्ता हामी खोपको लागि अनुमति लिने छौं। पूनावालाले भने, “डिसेम्बरसम्म हामी ३००/४०० मिलियन डोज भ्याक्सिन कोभिसिल्ट बनाउन सक्षम हुनेछौं।

भ्याक्सिनको लागतको बारेमा  विश्वभरी नै चर्चाको विषय बनेको छ । यसको मूल्यलाई अहिलेको विश्वले नाफाभन्दा पनि मानवीय संवेदनशिलतालाई प्राथमिकतामा राख्नु पर्ने आवज उठिरहेको छ ।  त्यस्सैले सुरुमा यसमा कुनै नाफा लिइने छैन ।  उनले भने, “भारतमा यसको मूल्य १००० रुपैयाँ भारु वा कम हुन सक्दछ । महामारीबाट अक्रान्त भइरहेका बेलामा खोपको लागि माग धेरै बढी हुनेछ ।  यस्तो अवस्थामा हामीलाई यसको उत्पादन र वितरणका लागि सरकारी मेसिनरीको आवश्यकता पर्नेछ ।'' भारतमा उत्पादन हुने उक्त खोप नेपालसम्म आइपुग्दा भारु सोहि मूल्यमा आइपुग्छ कि थप हुन्छ यो भने भाविष्यमा नै थाहा होला ।  

प्रतिक्रिया दिनुहोस