
काठमाडौं । नेपाल टेलिकमले वर्तमान कल ट्रान्सफर सेवाबारे ग्राहकको ध्यानाकर्षण गराएको छ । टेलिकमका सेवा प्रयोगकर्ताले ल्याण्डलाइन टेलिफोनमा आउने कललाई मोबाइल नम्बर, सीडीएमए र ल्याण्डलाइन नम्बरमा ट्रान्सफर गराउन सकिने भएको छ । टेलिकमले कल ट्रान्सफर सेवा धेरै पहिलादेखि नै शुरु गरेको हो ।
टेलिफोन प्रयोगकर्ताले फोन नउठेको अथवा व्यस्त भएको अवस्थामा स्वचालित कल ट्रान्सफर गराउन सकिने सुविधा ल्याइएको हो । घरबाटै कार्यालय वा व्यावसायीक कार्य शैली बढ्दै जाँदा यस्तो सेवा आवश्यक देखिएकोले उपभोक्तको ध्यानाकर्षण गराएको हो ।
अहिले सेवाग्राहीले कार्यालय वा पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट बञ्चित हुनुपर्ने अवस्था आएको छ । सो कारण सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले आम प्रयोगकर्ताको ध्यानाकर्षण गराएको हो ।
प्रतिक्रिया दिनुहोस