
काठमाडौं । काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौंमा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
प्रवक्ता गौतमका अनुसारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, शुक्रराज ट्रपिकल सरुवा रोग प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस