aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कोरोनाबाट थप दुई जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७
कोरोनाबाट थप दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

मृत्यु हुनेमा धनुषाका ६० वर्षिया पुरुष रहेका छन् भने अर्का ४९ वर्षिया चिनियाँ महिला रहेकी छिन् । चिनियाँ महिला पोखरामा काम गर्थिन् । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस