aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

इटालीको एक गाउँ महामारीमा पनि यसरी रमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ साउन २०७७
इटालीको एक गाउँ महामारीमा पनि यसरी रमायो

एजेन्सी । विश्वभरी जनसंख्या वृद्धिको ठूलो समस्या भइरहेका बेलामा इटालीको एक गाउँमा भने ८ वर्षपछि एउटा खुखियाली आयो । इटालीको एउटा सानो गाउँ देखा प¥यो जहाँ लगभग ८ बर्षपछि बच्चाको जन्म भयो। नवजात शिशुको आगमनमा, गाउँका मानिसहरूले यस क्षणलाई चाडको रूपमा मनाइरहेका छन् ।

आइतबार इटाली लोम्बार्डी प्रान्त  (मोर्टोर्नो) गाउँमा एक बच्चाको जन्म जसको नाम ’डेनिस’ राखिएको छ । बच्चाको जन्मसँगै यस गाउँको जम्मा जनसंख्या २९ पुगेको छ । मोरर्टो मेयर एन्टोनिला इनर्निज्जीले एक स्थानीय समाचार पत्रलाई उद्धृत गर्दै भनिन यो वास्तवमै सम्पूर्ण समुदायको लागि उत्सव हो । 

डेनिसका आमा बुबा माटो र साराले पनि यस गाउँको परम्परा अनुसरण गर्दै घरको ढोकामा निलो रिबन काटिदिए जहा बालिका जन्मिँदा गुलाबी रिबन काटिन्छ र बालक जन्मिदा निलो रिवन काटिन्छ ।  वर्ष २०२० सारा संसारका लागि घातक साबित भएको छ, तर यस गाउँको लागि खुशी ल्याएको छ । 

सन वर्ष २०१२ को अन्तिममा रिबन काट्ने विधि यहाँ पूरा भएको थियो । जुन गाउँमा एक बालिकाको जन्म भएको थियो। उक्त रिपोर्टका अनुसार डेनिसको जन्म लेक्को, अलेजान्ड्रो मेनजोनीको एउटा अस्पतालमा भएको हो ।  

साराले अस्पतालबाट घर फर्केपछि उनको परिवारमा ठूलो उत्सव आयोजना गर्ने कुरा बताइन् । यो मेरो रोचक छ कि मेरो बच्चा मोर्टोर्नोको यो सानो जनसंख्यामा हुर्कनेछ । मोर्टार्नो यसको सानो जनसंख्याको कारण इटालीको सबैभन्दा सानो नगरपालिकाको रूपमा वर्गीकृत गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस