aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बलिउड अभिनेता अमिताभ र अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ, आजै डिस्चार्ज हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ साउन २०७७
बलिउड अभिनेता अमिताभ र अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ, आजै डिस्चार्ज हुने

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । भारतिय मिडियाका अनुसार उनीहरुको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो । 

कोरोना संक्रमण पुष्टि भएपछि मुम्बाईको नानावटी अस्पतालमा भर्ना भएका अमिताभ र अभिषेकले १२ दिनमै कोरोनालाई जित्न सफल भएका हुन् । उनीहरुका कोरोना नेगेटिभ देखिएपनि एक दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने भारतिय मिडियाले बताएका छन् । 

उनीहरुलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी रहेको बताइएको छ । त्यस्तै अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्याको कोरोना रिपोर्ट भने आउन बाकीँ रहेको जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस