aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ साउन २०७७
कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विरगञ्जका ७० वर्षिया पुरुषको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४३ पुगेको हो । 

प्रवक्ता गौतमका अनुसार मंगलबार अपरान्ह वीरगञ्ज महानगरपालिका ६ माईस्थानका करिब ७० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। उनको बुधबार पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ आएको थियो। उनलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि एडभान्स अस्पतालमा भर्ना गरिएको थियो।  

प्रतिक्रिया दिनुहोस